देश

झापाको ५ क्षेत्रको भिडन्त, एमाले पत्तासाफ पार्ने रास्वपा मिसन, लिङ्देन जिताउन गोप्य सेटिङ, कांग्रेस खै ? (भिडियोसहित)


काठमाडौं— आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको इपिसेन्टर बनेको झापा जिल्ला अहिले चुनावी सरगर्मीले तातेको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको यो जिल्ला, राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, निवर्तमान सभामुख, उपसभामुखदेखि नयाँ अनुहारहरू मैदानमा उत्रिँदा चासोको केन्द्र बनेको छ । ५ वटा निर्वाचन क्षेत्रमा कुल ९० जनाले उम्मेदवारी दर्ता गराएकोमा अहिले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका केपी शर्मा ओली र बालेन्द्र साहको प्रतिस्पर्धाले सबैको ध्यान केन्द्रित गरेको छ । यस्तै, दशकौँ लामो राजनीतिक विरासत बोकेका पुराना दलका ‘हेभीवेट’ नेता र नयाँ भनिएको रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको झापा, ‘हाइलाइटेड’ जिल्ला नै बनेको छ, जसले प्रमुख नेताहरूको ध्यान पनि आफूतिर तानिरहेको छ ।