काठमाडौं— नेकपा एमालेका १९ जना पदाधिकारीमध्ये ११ जना प्रत्यक्ष निर्वाचनका लागि प्रतिस्पर्धामा होमिँदा दुई जना समानुपातिकबाट नै सांसद बन्ने दाउमा छन् । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिकको पहिलो र महिलातर्फ सचिव पद्माकुमारी अर्याल पहिलो नम्बरमा पर्दा सुरक्षित बनेका छन् । तर, अध्यक्षसहित बाँकी पदाधिकारीहरूलाई भने अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै कडा टक्कर दिने देखिन्छ ।
जेनजी आन्दोलनपछि ‘खलपात्र’ का रूपमा चित्रण गरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो चुनाव अहिलेसम्मकै सबैभन्दा कठिन हुने देखिन्छ । विगतका निर्वाचनहरूमा उनको नाम मात्रैले चुनाव जित्ने अवस्था रहे पनि यसपटक भने ओलीको प्रतिस्पर्धी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) बन्दा पुरानै सूत्रले काम गर्ने कुनै गुञ्जायस छैन ।
देश


प्रतिक्रिया