काठमाडौं— देशभरको चुनावी रापताप एकातिर र अर्काेतिर झापा–५ लाई राख्ने हो भने झापा–५ मा नै चुनावी रापतापको झुकाव देखिन्छ । झापा–५ ले सांसद मात्र नभएर भावी प्रधानमन्त्री नै चुन्ने सम्भावना रहेकाले, देशले हेरेको यो निर्वाचन क्षेत्र स्वदेशीदेखि विदेशी र सर्वेक्षणकर्ताहरूको समेत नजरमा छ । त्यसैले चुनावको ‘इपिसेन्टर’ बनेको यहाँका दुई उम्मेदवार, जसलाई सम्बन्धित दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्, उनीहरू आ–आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् । यसै क्षेत्रलाई प्रधानमन्त्री बन्ने आधार बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) यतिखेर झापा–५ मा अड्डा जमाएर बसेका छन् ।
रास्वपाले हालै सुदूरपश्चिम र कर्णाली प्रदेशमा आयोजना गरेको ‘परिवर्तन उद्घोषसभा’ मा सहभागी भई बालेन सुर्खेतबाट काठमाडौं फर्किएका थिए । देश दौडाहापछि फागुन ९ गते शनिबार झापा पुगेलगत्तै उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्न घरदैलो सुरु गरेका छन् ।
देश


प्रतिक्रिया