काठमाडौं— रोचक चुनावी भिडन्त देखिएको दाङ क्षेत्र नम्बर २, ब्यालेट र सडकको संघर्षले चर्चामा छ । यही ठाउँबाट रास्वपा र एमालेबीच मुठभेडका अवस्था बन्दा मुख्य प्रतिस्पर्धा पनि यिनै दलहरुबीच देखिन्छ । जहाँ प्रतिनिधिसभा सदस्यका लागि २०५१ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै अहिले सम्म जनताको मतबाट अनुमोदन हुन नसकेका एमाले महासचिव शंकर पोखरेल र पहिलो पटक निर्वाचनमा होमिएका रास्वपा सह–महामन्त्री विपिन कुमार आचार्यको प्रतिष्ठाको लडाईं पनि हो । यस्तै कांग्रेसका किरण किशोर घिमिरे, नेकपाका निर्मल आचार्य पनि मैदानमै हुँदा, अहिलेको चुनावी परिस्थितिले कस्तो परिणाम दिन्छ भन्नेमा सबैको चासो छ । विगतमा कांग्रेस–एमाले र तत्कालिन माओवादीको बलियो शक्ति भएको यो क्षेत्रमा रास्वपा सभापति रवि लामिछानेका विश्वाश पात्र विपिन आचार्यको इन्ट्रिले आगामी निर्वाचनको परिणाम प्रभावित हुने विश्लेषण समेत भैरहेको छ ।
देश


प्रतिक्रिया