देश

जुरुक्कै उठ्यो कांग्रेस, गगनको उभारले रास्वपा छोड्नेको लर्को, रवि–बालेनलाई भिजनको झटारो (भिडियोसहित)


काठमाडौं— गगन थापा विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति भएपछि पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत नयाँ सन्देश प्रवाह भइरहेको छ । ‘सुधारिएको कांग्रेस’ भन्दै निर्वाचनमा होमिएको कांग्रेस र गगन थापाका पछिल्ला गतिविधिले कांग्रेसमा उत्साह त थपेकै छ, सँगै उनी सर्लाही झरेपछि कांग्रेसको मधेशमा देखिएको जनलहरदेखि ‘जेनजी’ का मुद्दा आत्मसात् गरेको दृष्टान्तले सकारात्मक सन्देश दिएको छ । गगनको नेतृत्वसँगै देखिएका ८ सकारात्मक संकेत यस्ता छन् ः