काठमाडौं— यी हुन् नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । झापा–५ लाई लालकिल्ला र आफ्नो गढ मान्ने उनलाई आमनागरिकले प्रश्न गरेर ¥याख¥याक्ती पारिरहेका छन् ।
प्रधानमन्त्रीको ब्रान्डिङसहित मैदानमा उत्रिएका उनलाई तीनचोटि प्रधानमन्त्री भएका बेला के गरे भन्ने उत्तर दिने ठाउँसमेत छैन । यसै त ‘जेन–जी’ माथि गोली दागेको आरोप भोगिरहेका उनलाई यो चुनाव सायद इतिहासकै बढी सकसपूर्ण बनिरहेको छ । जसले भाँचिने बरु नझुक्ने स्वभावका उनी उम्लिएको रगत लिएर पनि फिस्स हाँस्दै निरीह उत्तर दिन बाध्य छन् ।
प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति पनि कम छैन । उनको ‘लुसिफर’ शैली होस् कि काठमाडौँबाट सुकुम्बासी लखेट्ने कार्य; एक–एकको उत्तर नागरिकले मैदानमा खोजिरहेका छन् । जसको उत्तरमा उनी काठमाडौँ महानगरमा विदेशीको खेल बढी हुने हास्यास्पद जवाफ दिएर उम्किन खोजिरहेका छन् ।
देश


प्रतिक्रिया