काठमाडौ— दुर्गमको दुःख बुझेर जनयुद्ध सुरु गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ १७ वर्षपछि फेरि दुर्गम नै पुगेका छन् । माओवादलाई तिलाञ्जली दिँदै २३ दल मिलाएर ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ बनाएर चुनावी मैदानमा होमिएका प्रचण्डले अन्त कतै जित्ने ठाउँ नभेटेर रुकुम पूर्व पुगे । चुनाव जित्नकै लागि निर्वाचन क्षेत्र फेरेर सुरक्षित ठाउँ खोज्दै हिँड्ने प्रचण्ड अहिले रुकुम पूर्वबाट निर्वाचन लड्दै गर्दा नेता–कार्यकर्तासँग ‘मर्निङ वाक’ देखि युद्धकालीन समयमा रात बिताएका जीर्ण संरचना घुमेर दिन बिताइरहेका छन् । चितवन हुँदै गोरखाबाट रुकुम पूर्व हानिएका प्रचण्ड जनताको चाहनाभन्दा पनि चुनाव जित्न र आफू सुरक्षित हुन निर्वाचन क्षेत्र फेरिरहने पात्र हुन् । रुकुमलाई सुरक्षित मानेका प्रचण्डलाई सकस त देखिएको नै छ । तर, त्यसलाई चिर्नकै लागि पनि प्रचण्डले अनेक जुक्ति लगाइरहेका छन् । प्रचण्डले रुकुमका मतदातालाई फकाउन बिर्सिसकेको जनयुद्ध दिवसलाई रुकुम पूर्वमै मनाउँदै पुनः स्मरण मात्र गरेका छैनन्, रुकुम पूर्वको चुनवाङ भेडीडाँडासम्म पुग्दा आफ्ना स्वर्गीय छोरा प्रकाश र श्रीमती सीता दाहाललाई सम्झिएर भक्कानिए ।
देश


प्रतिक्रिया