काठमाडौं— निर्वाचन आउन १९ दिन बाँकी छ । ठूला दलहरू चुनाव केन्द्रित गतिविधिमा आक्रामक देखिएका छन् । घरदैलोलाई तीव्रता दिएका उनीहरु अब सोमबारदेखि चुनावी सभा र प्रचारप्रसार केद्रित बन्नेछन् । तर, साना दलहरू भने प्रचार प्रसारमा देखिए पनि माहोल बनाउने भने सकिरहेका छैनन् । कुलमान घिसिङको अनुहारकै भरमा दल खोलेर चुनावमा होमिएको उज्यालो नेपाल पार्टीले आफ्नो पक्षमा माहोल बनाउन सकेको छैन । मास देखाएर प्रभाव छोड्नु पर्ने पहिलो चरणको प्रचारप्रसारमा नै उनेपा चुकेको छ । जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र बालेन्द्र साहलाई कुलमानको प्रतिष्पर्धीको रुपमा व्याख्या गरिदा चितवन २ र झापा ५ रवि–बालेनमय बनेको छ, त्यसैगरी काठमाडौं ३ मा पनि कुलमानमय हुनु पर्ने हो । तर, काठमाडौं ३ मा पनि राजु पाण्डे जस्ता उम्मेदवारको चर्चा भइरहँदा कुलमानले त्यो किसिमको छाप छोड्न सकेका छैनन् । पूर्वमा झापासम्म नै पुगेका उनी मधेश झरे । तर, कुनैपनि ठाउँमा प्रतिस्पर्धी दलहरुजस्तो माहोल बनाउन सकेनन् ।
देश


प्रतिक्रिया