देश

झापा–५ ः बालेन हराउन ओलीको फेरियो रणनीति, घेरा तोड्दै जनतामा, गाली पचाएर भोट तान्दै (भिडियोसहित)


काठमाडौं— नावी ईपिसेन्टर बनेको झापा ५ मा सबैको नजर छ । एमालेबाट अध्यक्ष केपी शर्मा ओली र रास्वपाबाट बालेन साहको उम्मेदवारी । दुबैजना पुरानै तुष भएका नेता अनि भावी प्रधानमन्त्रीका उम्मेदवार पनि यही कारण हुनुपर्छ सबैको ध्यान खिचेको पनि । यसपटक भने ओलीको सन्दर्भमा केही फरक दृष्य देखियो । एक सभामा भाषण दिएर मात्र चुनाव जित्ने अवस्था नभएकै कारण हुनुपर्छ ओली यसपटक आफैँ नै धेरै खटिनु परेको छ । यही बीचमा जेनजी आन्दोलनका कारण अपदस्त प्रधानमन्त्री भएकाले गृहजिल्ला पुग्दा स्वभाविक रुपमा केही सहानुभूति र त्योभन्दा बढी विगतका वाचाको हिसाब मतदाताले खोजेका छन् । अहिले देशव्यापी माहोलभन्दा ओलीलाई झापा–५ सुरक्षित गर्नुपर्ने मुख्य चुनौती देखिएको छ ।