देश

रवि–बालेनमाथि आक्रामक प्रचण्ड, ओलीसँग बोली मिल्यो, देश जलाउने रास्वपा, बनाउने चाहिँ नेकपा अरे ! (भिडियोसहित)


काठमाडौं — रवि लामिछाने सहकारी मुद्दाको जेलको चक्कर काटिरहँदा उनको पक्षमा सबैभन्दा धेरै सहानुभूति राख्ने नेता हुन् पुष्पकमल दाहाल प्रचण्ड । प्रधानमन्त्री भएका समयमा आफू बद्नामित भएर भए पनि रविको वचाउ गर्थे । जहाँ जेल पर्छन् त्यहिँ भेट्न पुग्ने । बालेन साहलाई गणतन्त्रका फूल मान्थे । तर, अहिले कुनै समयका प्रिय उनै दुई पात्रप्रति प्रचण्ड असहिष्णु र आक्रामक अवतारमा देखिन थालेका छन् । २६ पार्टी र संगठन मिलाउँदा पनि अपेक्षित शक्ति प्रदर्शन नभएर हो वा नयाँ पार्टीका व्यवहारकै चिन्ताले हो, उनीहरुले देखाएको स्टन्टमा बढ्ता चित्त दुखाइ छ । यतिमात्र होइन आफु प्रधानमन्त्री हुँदा दुई–दुई पटक लामिछानेलाई गृहमन्त्री नियुक्ति गरेका प्रचण्ड अहिले उनलाई विचार र सिद्धान्तविहीन लोकप्रियतावादीको संज्ञा दिदै यसले लोकतन्त्र र समाजवादमाथि नै प्रहार गरेको बताइरहेका छन् । यस्तै बालेनको रास्वपा प्रवेश र उनको प्रचारमुखी शैलीलाई वैदेशि साम्राज्यवादी शक्तिहरुले ठूलो लगानी गरेको भन्दै त्यस्ता शक्तिहरुलाई परास्त गर्न कार्यकर्तापंक्तिलाई परिचालन गराइरहेका छन् ।