राजनीति

अछामको चुनावी रौनक, भीम रावललाई एमाले भारी, बालेनका भूपदेवलाई जित्नै मुस्किल, दाउ छोप्दै कांग्रेस (भिडियोसहित)


काठमाडौँ । दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा चुनावको सरगर्मी तीव्र बनेको छ । नेकपा एमालेसँग ५१ वर्ष लामो राजनीतिक यात्रा तोडेर नेकपाबाट चुनावी मैदानमा उत्रिएका भीम रावलदेखि रास्वपाका वरिष्ठ नेता बालेन शाहका स्वकीय सचिवसम्मको उम्मेदवारीले अछामको चुनाव झन् रोचक बनेको छ ।