काठमाडौं— रौतहटका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । रौतहटमा १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न गाउँगाउँ र टोलटोलमा पुगेर घरदैलो अभियानमा व्यस्त छन् । रौतहटका कुन निर्वाचन क्षेत्रको अवस्था कस्तो छ ? को–को छन् चुनावी मैदानमा ? हेरौँ क्षेत्रगत अवस्था ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १
रौतहट क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ । यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन् । उनीसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वनगर प्रमुख अजयकुमार गुप्ता प्रतिस्पर्धामा छन् । कांग्रेसको तर्फबाट पूर्वउद्योगमन्त्री अनीलकुमार झा, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साझा उम्मेदवारका रूपमा मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्रराय यादव पनि चुनावी मैदानमा छन् ।
देश


प्रतिक्रिया