काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘स्टार उम्मेदवार’ तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साह अहिले देश दौडाहामा छन् । काठमाडौं महानगरपालिकाको मेयर पदलाई बिट मार्दै प्रधानमन्त्री बन्न रास्वपा प्रवेश गरेका साहको पक्षमा देशभर देखिएको लहरले राजनीतिक ‘कम्पन’ नै पैदा गरेको छ । साहको अनुहार देखाएर परम्परागत राजनीतिक दल र नेताहरूप्रतिको असन्तुष्टिलाई मतमा परिणत गर्ने रास्वपाको रणनीति देखिन्छ । यही रणनीति र सडकमा देखिएको उभारले हो वा बालेनको राजनीतिक अनुभव र कार्यक्षमताले, अन्य दलका शीर्षस्थ नेताहरू आलोचनामा उत्रिरहेका छन् । कसैले उनलाई विदेशी शक्तिबाट परिचालित तत्वको रूपमा व्याख्या गरिरहेका छन् भने कसैले ‘बतासे अण्डा’ त केहीले ‘सामन्तवादी’ को संज्ञा दिइरहेका छन् ।
देश


प्रतिक्रिया