काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुखै हेर्दिनँ भन्ने प्रधानमन्त्री सुशीला कार्की र उनै ओलीबीच पछिल्लो समय भेटवार्ता बाक्लिन थालेको छ । अन्तरिम सरकार र प्रधानमन्त्रीलाई असंवैधानिक भन्दै नस्वीकारेका उनै ओलीले प्रधानमन्त्री कार्कीसँग पटक पटक भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । ओली र कार्कीको भेट बाक्लिँदै जानुको रहस्य अर्कै छ । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले अबको केही दिनमा प्रतिवेदन सार्वजनिक गर्दै छ । आयोगले घटनामा संलग्न सबैलाई सिंहदरबारमै बोलाएर बयान लिएको थियो । तर, ओलीलाई ‘होम डेलिभरी’ को सुविधासहित आयोगले घरमै पुगेर उनले तयार पारेको जवाफको फोटोकपी बोकेर फर्कियो । यो सुविधा पनि ओलीलाई उनै सुशीला कार्कीले दिएकी हुन् । अहिले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुने बेलामा ओलीले दबाब महसुस गरिरहेका छन् । यही दबाब महसुस गरेका ओलीका लागि प्रधानमन्त्री कार्कीको साथ चाहिएको छ । त्यसैले ओलीसँग भेट गरेपछि प्रधानमन्त्री कार्कीको भाव मात्रै होइन, बोली पनि फेरिएको छ ।
देश


प्रतिक्रिया