देश

ब्याटलमै महेश–राजीव भिडन्त, टक्कर दिँदै रुख र मादल, प्रेम सुवाललाई कसले हराउने ? (भिडियोसहित)


काठमाडौं— भूगोलको हिसाबले सानो तर जनसंख्याका हिसाबले ठूलो जिल्ला भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र छन् । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यहाँको चुनावी माहोल पनि तातेको छ । यहाँ विशेषगरी नेमकिपा, नेकपा (एमाले), रास्वपा र नेपाली कांग्रेसको नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । भक्तपुर क्षेत्र नं. १ मा २५ र क्षेत्र नं. २ मा ३२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा, नेकपा (संयुक्त), उज्यालो पार्टी नेपाल लगायतका दल तथा स्वतन्त्र गरी कुल ५७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । कुन क्षेत्रको अवस्था कस्तो छ त ?