काठमाडौं— जब–जब आफूलाई संकट आइपर्छ, तब–तब एमालेले आफूलाई खाँट्टी राष्ट्रवादी करार गर्न लागि पर्छ । यो एमालेका लागि नयाँ होइन । पटक–पटक उग्र राष्ट्रवादको नारा उछालेर भोट बटुल्ने गरेको एमालेले आगामी फागुन २१ को निर्वाचनमा मत तान्न राष्ट्रवादको पासा फालेको छ । आफूलाई राष्ट्रवादी पार्टी स्थापित गर्न लाग्दा नांगिएको एमालेले अझै लाज ढाक्ने टालो भेटाएको छैन । अहिले पनि चुनाव लक्षित एमालेको राष्ट्रवादले ढोल पिटिरहेको छ । पार्टीका शीर्ष नेतादेखि उम्मेदवारहरूले समेत राष्ट्रवादको नारा ओकल्दै भोट बटुल्ने अस्त्र बनाएका छन् । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेसँग भिड्न मैदान ओर्लिएका एमाले उम्मेदवार अस्मीन घिमिरेले त राष्ट्रवाद छचल्किएर पोखिने गरी गीत नै गाएका छन् ।
देश


प्रतिक्रिया