मौसम

सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म आज हिउँ र पानी पर्ने सम्भावना, पानी पर्ने प्रणाली पूर्वतिर सर्दै आउने प्रक्षेपण


काठमाडौं— पश्चिमी निम्न चापीय प्रणालीको कारणले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुका हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम र कर्णालीका पहाडी र तराई क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना छ । आज रातिदेखि पानी पर्ने प्रणाली थप पूर्वतिर सर्दै आउने भएको छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा मध्यम किसिमको हिउँ वा पानी पर्ने सम्भावना छ ।

हिउँ र पानीले दैनिक कामकाज प्रभावित हुन सक्ने र चिसो बढेर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन मौसमविदहरूले सुझाव दिएका छन् ।