Breaking

अघि बढे गगन, वडा वडामा नेता छानिँदै, देउवा र शेखरको किल्लामा लफडा, अब पालो युवाको (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन महासंग्राम शनिबार बाट सुरु भएको छ । संस्थापन पक्षले वडाबाट अधिवेशन सुरु गर्दा इतर पक्ष भने नयाँ रणनीति सार्वजनिक गर्ने अन्तिम तयारीमा छ । जसले अव केन्द्रमा शिर्ष नेताहरुमा देखिएको मतभेद वडासम्म पुर्याउन भूमिका खेलेको छ । सभापति गगन थापाले कांग्रेसका हस्तीहरुको सहभागिता विनै महाधिवेशन सुरु गरे । तर केही संस्थापन ईतर समुहका नेताहरुको समुहमा रहेर काम गरेका शिर्ष नेताहरु भने यो महाधिवेशनमा सहभागि भएका छन् । दुई दिन चल्ने वडा अधिवेशन लगभग छ सय वडामा हुदै छ । केही वडा जो रसुवा बाढीबाट प्रभावित क्षेत्रमा भने कांग्ेसले अहिले अधिवेशन नगर्ने भएको हो । पहिलो दिन प्राय सबै जिल्लामा कांग्रेसका नेता तथा कार्यक्रताको सहभागिता उत्साहपुर्ण देखियो । सभापति गगन थापाले आफनो वडा अधिवेशनमा सहभागि भएर पार्टीका क्रियाशिल सदस्यलाई सहभागि हुन अपिल समेत गरे ।