Breaking

बालेन सरकार ठेगान लगाउने प्रचण्डको उद्घोष, छठपछि नयाँ आन्दोलन, यसरी जुटाउँदै छन् कार्यकर्ता (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विद्रोही छविका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुप लागेर बस्ने पात्र होइनन् । उनी हरेक पटक केही न केही तयारी गरिरहेकै हुन्छन् । युद्धको पृष्ठभूमिबाट उदाएका प्रचण्ड फेरि सडक आन्दोलनको तयारीदेखि कम्युनिस्ट शक्ति एक बनाउने अभियानसम्म बोकेर मैदानमा ओर्लिएका छन् । पछिल्लो दुई दशकसम्म राजनीतिमा छलाङ हान्दै जादुको छडी चलाएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक प्रचण्ड विगत २ वर्षदेखि सत्ताको खालबाट बाहिर छन् । कहिले एकै दिनमा सत्ता कब्जा गर्ने आन्दोलन गर्नुपर्छ भन्छन् त कहिले आफूहरू सरकारविरुद्ध बृहत् आन्दोलन गर्ने तयारीमा लागेको दाबी गर्छन् । युद्धको भुमरीबाट उदाएका प्रचण्डलाई आन्दोलन र विद्रोहको धङधङीले अझै छोडेको छैन । त्यसैले दसैँ–तिहारपछि देशको परिस्थितिलाई हेरेर नयाँ सडक आन्दोलन गर्ने चेतावनी उनले दिएका छन् ।