देश

चर्चितको चुनावी भिडन्त, झापा इपिसेन्टर, गगन तराई झरे, प्रचण्ड रुकुम पूर्व, VIP को–को कहाँ भिडे ? (भिडियोसहित)


काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन अब ४५ दिन मात्र बाँकी रहँदा मंगलबार प्रत्यक्षतर्फका लागि देशभर मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । निर्वाचनमा लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक चुनावी मैदानमा नदेखिने भएका छन् । कांग्रेसमा देउवासहित ३ वर्तमान र ११ पूर्वपदाधिकारीले समेत यसपटक टिकट पाएनन् । देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महर उम्मेदवार बनेका छन् । अब चर्चा गरौं, अन्य हेभिवेट नेताहरू को कहाँबाट निर्वाचन लड्दैछन् ?