देश

रास्वपामा निर्वाचन क्षेत्र खोसाखोस, सहरी क्षेत्रमा रवि र बालेन पक्षकै टक्कर, चितवन ताक्दै ठूला नेता (भिडियोसहित)


काठमाडौं— बलियो शक्ति बनेको दाबीका बीच रास्वपामा निर्वाचन क्षेत्र खोसाखोसको अवस्था बनेको छ । सुरुमा लोकप्रियता देखेर समानुपातिकमा बस्नेको लहर चल्यो । त्यसैगरी प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षीहरुको पनि व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ । चर्चित अनुहार र निर्वाचन क्षेत्रमा टिकटको भिडन्त कसरी भइरहेको छ, त्यो देखाउँदैछौँ ।
१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा गत निर्वाचनमा रास्वपाले क्षेत्र नं चार बाहेक सबै क्षेत्रमा उम्मेदवार उठाएको थियो । अहिले सबैजसो क्षेत्रहरुमा आकांक्षीको लर्को देखिएको छ । काठमाडौं–१ म पुकार बलमे नै दाी गरेका छन् । उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा थिए ।