देश

रविको कमान्डले एकता मजबुत, बालेन–कुलमानसहित एउटै मञ्चमा उभिँदै, वर्षौैं घण्टी बोकेका अन्यायमा (भिडियोसहित)


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भए पनि पार्टीका गतिविधिमा बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ उपस्थित भएका छैनन् । पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरूको जमघट भइरहँदा उनीहरूको अनुपस्थितिले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ । पार्टीले आयोजना गरिरहेका विभिन्न कार्यक्रममा कुलमान र बालेन मात्र होइन, उनका समर्थक र ती पक्षका नेताहरूसमेत कुनै आधिकारिक कार्यक्रममा देखिएका छैनन् । पोखरामा आयोजना भएको प्रदेशस्तरीय कार्यक्रममा बरु रास्वपामा विलय भएको विवेकशील साझाका नेताहरू देखिए, तर बालेन समर्थक र ‘उज्यालो नेपाल पार्टी’ को संगठन विस्तारमा लागेका नेताहरू भने देखिएनन् । यसले एकता सहमतिको कार्यान्वयनप्रति आशंका उब्जाएको छ । एकतापछि पार्टीले ‘नयाँ सुरुवात’ को सन्देश दिन खोजिरहेको बेला दुई चर्चित अनुहारको गैरहाजिरीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष गरी जनस्तरमा प्रभावशाली मानिएका बालेन र सुशासनको प्रतीकका रूपमा हेरिने कुलमान पार्टी गतिविधिबाट टाढा देखिनुले रास्वपाको भावी रणनीतिमाथि प्रश्न उठाएको छ । तर, रास्वपाले आसन्न निर्वाचनमा बहुमत ल्याउने हुंकार गर्न भने छोडेको छैन ।