काठमाडौं— नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले भृकुटीमण्डपको सडक एमालेमय बनेको छ । मंगलबार त्यही सडकमा केही रोचक दृश्यहरू देखिए । नयाँ नेतृत्व चयनका लागि भित्र मतदानको तयारी भइरहँदा बाहिरको माहोल भने प्रचारप्रसारले तताएको छ । १९ जना पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसँगै नेता तथा कार्यकर्ताहरू मत माग्न सक्रिय भए । कतै ‘हाईहाई’ का नाराबाजी त कतै आ–आफ्नै संस्कृति र पहिचान झल्काउने नाचगानसहित भोट माग्दै गरेका दृश्यले भृकुटीमण्डपको सडक कुनै मेला–महोत्सव स्थलजस्तै देखिन्थ्यो ।
देश


प्रतिक्रिया