देश

एमालेमा जित–हारको चिरफार, शंकरलाई आफ्नैको डर, विन्दा र विष्णु पक्का !, मत खोसाखोसको भित्री खेल (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको महासंग्राममा ३०१ पदका लागि ६०३ जना चुनावी मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदा प्यानलसहित नै नेताहरु प्रतिस्पर्धामा होमिएका छन् । त्यही अनुसारको देखिने र भित्री तयारी तीव्र पारेका छन् । पदाधिकारीको संख्या बढाउँदा पनि नेता रोक्नुपर्ने बाध्यतामा ओली रहँदा बाहिर खुल्न नसक्ने ओली पक्षकै असन्तुष्ट तान्ने भित्री खेलमा पोखरेल लागेका छन् । १९ पदाधिकारीका लागि मात्र ३९ जनाको उम्मेदवारी पर्दा महाधिवेशनको माहोल, उम्मेदवारहरुको धरालत र प्यानलगत मतका आधारमा उनीहरुको सम्भावित नतिजाको विश्लेषण गर्नेछौँ ।