देश

बैगुनी ओलीलाई प्रदीपको गुन, अड्को थापेका शंकरलाई मत मागे, आठ विद्रोहीले ओली हराउन सक्छन् (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसुस गरेका नेताहरूको असन्तोष नै महाधिवेशनको मूल कथा बनेको छ । १०औँ महाधिवेशनबाट उपमहासचिव बनेका प्रदीप ज्ञवाली यसपटक महासचिवको बलियो दाबेदार थिए । महासचिवबाहेक कुनै पद नलिने अडान लिएका ज्ञवाली, ओलीले शंकर पोखरेललाई नै महासचिवमा दोहो¥याउने निर्णय गरेपछि महाधिवेशन स्थलमै भावुक बने । आफूलाई असह्य धोका भएको भन्दैउनी भृकुटीमण्डपबाट रुँदै बाहिरिएका थिए । त्यो दृश्य देख्दा अब प्रदीप भृकुटीमण्डपमा देखिँदैनन् होला भन्ने लागेको थियो । तर त्यस्तो भएन; ‘बैगुनीलाई गुनले मार्नुपर्छ’ भनेझैँ उनी ओली र शंकर पोखरेलको पक्षमा भोट माग्दै मंगलबार फेरि भृकुटीमण्डपमा उपस्थित भए ।