काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनमा पदाधिकारीका लागि १९ पदमा रोचक भिडन्त हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको भिडन्त पक्का हुँदा अध्यक्षदेखि सचिवसम्म कसलाई कति चुनौती छ ? यता कुनै बेला ओलीलाई अध्यक्ष जिताउन भूमिका खेल्ने ईश्वर पोखरेल अहिले ओलीकै प्रतिद्वन्द्वीको रूपमा मैदानमा छन् । आफ्ना गुटका नेतालाई व्यवस्थापन गर्न विधान नै केरमेट गरेका ओली, नेता व्यवस्थापन गरेपछि तेस्रो पटक अध्यक्ष जित्नेमा केही ढुक्क छन् । तर एमालेभित्र सल्किएको भुसको आगो विद्या भण्डारीले फुकेर दन्काउन सकिन् भने ओली पनि पाखा लाग्ने सम्भावना बलियो छ ।
देश


प्रतिक्रिया