काठमाडौं— अहिले राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीघरबाट होइन । नख्खु कारागारबाट चल्छ । कारागार प्रशासनको तथ्यांक अनुसार दैनिक तीन सय समर्थन रवि लामिछानेलाई भेट्न नख्खु पुग्छन् । यो त भेट्न पाउनेहरुको संख्या हो । पहिले नाम टिपाउनुपर्छ, त्यसपछि रविले पनि भेट्ने इच्छा गर्नुपर्ने । अनि मात्र भेट पाइन्छ । पार्टीका बैठक घण्टीघरमै बसे पनि निष्कर्ष नख्खुकै पारित गरिन्छ भनिन्छ । अहिले चुनाव लागेकाले टिकट माग्न नख्खु पुग्नेको संख्या झनै बढेको छ । रविले ईच्छा गरे उनी जेलमा रहेको सहानुभूति र रावपाप्रतिको सेन्टिेमेन्टले चुनाव जितिन्थ्या कि भन्नेहरुको भीड पनि उस्तै छ । रास्वपा प्रवेश गर्ने, पार्टीको कार्यकर्ता बन्नेहरु त छन् नै केही यस्ता चर्चित अनुहारहरु देखाउँदैछौँ । जो रविकै नाम भजाएर आफ्नो पक्षमा माहोल बनाउन नख्खु धाइरहेका छन् ।
देश


प्रतिक्रिया