काठमाडौं— आ–आफ्नै घमण्ड र शर्तका कारण एक हुन नसकेका वैकल्पिक शक्तिहरू एकताको अन्तिम तयारीमा लागेका छन् । पुराना दलहरूमा बढेको आत्मविश्वास, ‘जेन जी’ले आफैँ हिँड्ने गरी देखाएको सङ्केत र चुनाव नै सर्न सक्ने चर्चाले उनीहरू पुनः वार्तातर्फ अघि बढेका हुन् । फलतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारी दिने म्याद नै थप गरेको छ । पार्टी सचिवालयको मङ्सिर २५ गते बसेको बैठकले म्याद पुस ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका नयाँ सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिसँग भइरहेको सहकार्य तथा हालै ‘जेन जी’ अगुवा र सरकारबीच भएको सम्झौता लगायतका कारणले म्याद थप्नु परेको जनाएको हो । यता, ‘हाम्रो पार्टी नेपाल’का अध्यक्ष खगेन्द्र सुनार रास्वपालाई फकाइरहेका छन् भने बालेन्द्र शाहको साथले मात्र केही नहुने सोचाइमा कुलमान घिसिङ छन् । उनी निर्वाचन लड्ने क्षेत्रमा कांग्रेसले एकल रूपमा सन्तोष चालिसेलाई सिफारिस गरेको छ । जसले रविकै पक्षमा समेत वकालत गर्दै आएका थिए ।
राजनीति


प्रतिक्रिया