देश

ओलीको हार खोजेका प्रचण्ड र गगन, देउवा भने जित्दा नै खुशी, जित हारले राजनीतिमा कस्तो असर ? (भिडियोसहित)


काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली अहिले यस्ता व्यक्ति बनेका छन्, जो हर कोहीसँग भिडिरहेका छन् । सरकार, जनेजी, राजावादी र आफ्ना प्रतिष्पर्धी दल सबै सँगै एक्लै भिडिरहेका उनी राजनीतिक वृत्तमा एक्लो बृहस्पति बनेका छन् भन्दा फरक पर्दैन । यस्तो अवस्थामा पनि ओलीले ११ औँ महाधिवेशनबाट अध्यक्षमा कायम रहने कोसिस छाडेका छैनन् । बरु आफ्नै नेताबाट पराजित हुन तयार रहेका ओली कम्तीमा जेनजी आन्दोलनकै कारण खलनायक बन्नु नपरोस् भन्नेमा उनी सचेत देखिन्छन् । बरु सुध्रन्छु भनिसकेका नेताहरुलाई समेत ओली आफ्नै क्याम्पमा ल्याउन प्रयासरत छन् । पार्टीमा समेत तेस्रो कार्यकाल दोहोरिन विधान संशोधन गरेका ओलीलाई टक्कर दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यसपटक मैदानमा छन् । ओलीको पुनरागमन वा पराजयले पार्टीभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा समेत प्रभाव पर्ने भएकाले ओली र ईश्वरको भिडन्तमा एमाले बाहेक अन्य दल र नेताहरूले पनि रुचि राखेका छन् ।