अन्तर्राष्ट्रिय

थाइल्यान्ड र कम्बोडिया दोहोरो भिडन्त, ३ सैनिक र ७ नागरिक मारिए, ट्रम्पले रोकेको युद्ध कसरी चर्कियो ? (भिडियोसहित)


काठमाडौँ । थाइल्यान्ड र कम्बोडियाबीच दशकौँदेखिको सीमा विवाद फेरि ज्वालामुखीझैँ विस्फोट भएको छ । सीमा क्षेत्रका हजारौँ नागरिक आफ्नो घरबार छाड्न बाध्य भएका छन् भने प्रेह विहियर क्षेत्रदेखि बान्टेय मीनचेसम्म चर्किएको गोलाबारीका बीच दुवै पक्षले एकअर्कालाई आक्रमणकारी ठहराउँदै हवाई तथा स्थलगत आक्रमण गरेका छन् ।