काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मालाई कालो झण्डा देखाइएको छ ।
नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रलोपा गठन गरेपछि शर्मा आज बिहान रुकुम पश्चिम पुगेका हुन् । उनी काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाजमार्फत सदरमुकाम खलंगा पुगेका थिए ।
उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।


प्रतिक्रिया