काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार समूह चरणको अन्तिम खेल हुने भएको छ । साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिष्ठाको खेल त्रिवि अन्तर्राष्ट्रिय रंगशालममा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
यी दुई टिमबीच हुने खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन्। तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट २ अंक जोडेको छ । कर्णालीले पहिलो संस्करणमा इलिमिनेटर र दोस्रो क्वालिफायर खेलेको थियो ।
यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।


प्रतिक्रिया