खेलकुद

NPL-2 : धमाका पिट्दै सुदूरपश्चिम, काठमाडौं र विराटनगरलाई प्लेअफ सफलता, ३ टिम जितको दबाबमा


काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो संस्करणको प्लेअफ यात्रा निकै रोमाञ्चक बन्दै गएको छ । लिग चरणका २८ खेलमध्ये २४ खेलको समाप्तिसम्म आइपुग्दा दुई÷तीन टोलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित बनाउँदा बाँकी रहेका एक÷दुई टिम पनि त्यसका लागि सङ्घर्ष गरिरहेका छन् । लिग चरणका थप चार खेल खेल्नुअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाएका हुन् । काठमाण्डुले लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै प्लेअफको टिकट पक्का गरेको हो । खेल्नुपर्ने सबै अर्थात् सात खेलमध्ये पाँच खेल आफ्नो पक्षमा पार्दै १० अङ्क जोडेको काठमाण्डु प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।