काठमाडौं— नेकपा एमालेको ११औं महाधिवेशन आउन करिब डेढ साता जतिमात्र बाँकी छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा तेहरिने तयारीसँगै अहिले गुण्डुमा नेताहरूको व्यवस्थापनमा केन्द्रित भएका छन् । तर, पटक–पटक आफ्ना विश्वासपात्रहरू वर्तमान उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको अन्तरद्वन्द्वका कारण प्रदेशदेखि पार्टीको राजनीतिसम्म पर्दै आएको सकस ११औं महाधिवेशनसम्म पनि कायमै छ ।
महासचिव पदका आकांक्षी विष्णु पौडेल अध्यक्ष ओलीको पक्षमा खुलेरै लागिसकेपछि शंकरको व्यवस्थापन कसरी गर्ने भन्ने तनावमा ओली देखिन्छन् । शंकरलाई महासचिवमा रोक्न ओली पक्ष घेराबन्दीमा छ भने अर्कोतर्फ ओली र ईश्वरको आमनेसामने जारी रहँदा ईश्वर पक्षबाट महासचिव बन्न चाहेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईजस्ता नेताबीच कडा टक्कर हुने देखिन्छ । सुरुमा ओलीकै गुनगान गरेर महासचिव पदमा पुगेको र महासचिवको भूमिका राम्रोसँग नचलाएको भन्दै ओली पक्षकै नेताहरू शंकरलाई महासचिवमा रोक्ने दाउमा देखिन्छन् । त्यसका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीमध्ये एक जनालाई महासचिव बनाउने र शंकरलाई रोक्नुपर्ने भन्दै विष्णु पौडेलसहितका नेताहरूले दबाब बढाइरहेका छन् । जहाँ विष्णुले आफू उपाध्यक्षमै दोहोरिने तर शंकरलाई महासचिव बन्न नदिने रणनीति अपनाएपछि शंकर थप दबाबमा परेका छन् ।
देश


प्रतिक्रिया