काठमाडौं— एमालेको ११ औँ महाधिवेशनका लागि असली भिडन्त सुरु भएको छ । केही क्षेत्रमा विवाद कायम रहे पनि अधिकांश प्रतिनिधि छनोट भइसकेका छन् । साढे ६ लाख सक्रिय सदस्यहरु औपचारिक रुपमा चुनावमा होमिएका छन् । फलतः अब तल्लो तहसम्मै नेता कार्यकर्ताहरु ध्रुवीकृत भएका छन् । अहिलेको केन्द्रीय कमिटीमा ओली पक्षकै बहुमत भए पनि प्रतिनिधि तान्ने प्रयत्नमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् । केही जिल्लामा सुरुमै ओली पक्षले मतदाता हुन नदिएकोसम्मका आरोप लागे । प्रतिनिधि छनोटकै क्रममा केही जिल्लामा विवाद र कुटपिट समेत भयो । खासगरी मोरङ, धनकुटा, ओखलढुङ्गा लगायतका जिल्लामा प्रतिनिधि छनोटका क्रममा ओली पक्ष र पोखरेलपक्षबीच विवाद भएको हो । यसले ओली–पोखरेलबीच द्वन्द्वको स्पष्ट संकेत दिएको छ । तर, तेस्रो पटक अध्यक्ष बन्न विधान नै संशोधन गरेका ओलीले भने सकेसम्म नेतृत्वमा पनि सर्वसम्मतिका लागि आह्वान गर्दै स्वच्छ र खुला प्रतिस्पर्धा गर्न आह्वान गरेका छन् । ११औँ महाधिवेशनको लोगो सार्वजनिक गर्नेक्रममा प्रतिस्पर्धी पोखरेलको छेवैमा बसेका ओलीले लोकतान्त्रीकरणको ठूलै चर्चा गरे ।
देश


प्रतिक्रिया