देश

रास्वपा बहुमतको रेसमा, विवेकशील मिल्यो, कुलमान फेरि छलफलमा, दिनदिनै पार्टी प्रवेश गर्नेको भिड (भिडयोसहित)

योहो संवाददाता

काठमाडौं— विचारको द्वन्द्वले अस्तित्व रक्षाको संकटमा परेको विवेकशील साझा राष्ट्रिय स्वतन्त्र पार्टीमा बिलय भएको छ । १३ वर्ष पहिल्यै वैकल्पिक राजनीतिको बिउ रोपोको साझामा विचारको विचलन र नेतृत्वको अभावले १४ महिना पहिले जन्मिएको रास्वपाको छातामुनी आउनुपरेको हो । यो एकता साझाका लागि सम्मानजनक ठाउँ हुँदा रवि लामिछानेका नाममा ३० करोड जनाको हस्ताक्षर बटुल्दा पनि कमजोर बन्दै गएको रास्वपाका लागि एक सफलता हो । कुलमान घिसिङ, बालेन शाहदेखि अरु नयाँ शक्तिहरुसँगको एकता असफल भइरहेका बेला रास्वपामा पार्टी प्रवेशको लहरसँगै यो एकताले स्वभाविक रुपमा रौनकता थपेको छ । यी शक्तिहरुसँग साझा पनि छलफलमै थियो तर, उ पनि सफल हुन सकिरहेको थिएन । एजेण्डामा एकरुपता रहेको बताउने उनीहरु त्यसकै कारण एकताको निष्कर्षमा पुगेको बताइन्छ ।