देश

रास्वपा बहुमतको रेसमा, विवेकशील मिल्यो, कुलमान फेरि छलफलमा, दिनदिनै पार्टी प्रवेश गर्नेको भिड (भिडयोसहित)


काठमाडौं— विचारको द्वन्द्वले अस्तित्व रक्षाको संकटमा परेको विवेकशील साझा राष्ट्रिय स्वतन्त्र पार्टीमा बिलय भएको छ । १३ वर्ष पहिल्यै वैकल्पिक राजनीतिको बिउ रोपोको साझामा विचारको विचलन र नेतृत्वको अभावले १४ महिना पहिले जन्मिएको रास्वपाको छातामुनी आउनुपरेको हो । यो एकता साझाका लागि सम्मानजनक ठाउँ हुँदा रवि लामिछानेका नाममा ३० करोड जनाको हस्ताक्षर बटुल्दा पनि कमजोर बन्दै गएको रास्वपाका लागि एक सफलता हो । कुलमान घिसिङ, बालेन शाहदेखि अरु नयाँ शक्तिहरुसँगको एकता असफल भइरहेका बेला रास्वपामा पार्टी प्रवेशको लहरसँगै यो एकताले स्वभाविक रुपमा रौनकता थपेको छ । यी शक्तिहरुसँग साझा पनि छलफलमै थियो तर, उ पनि सफल हुन सकिरहेको थिएन । एजेण्डामा एकरुपता रहेको बताउने उनीहरु त्यसकै कारण एकताको निष्कर्षमा पुगेको बताइन्छ ।