राजनीति

ओली–ईश्वर खास भिडन्त सुरु, देशभर भोटर तानातान, पूर्वमा हानाहान, परशुराम कुटिए, फुटाउने दाउमा प्रचण्ड (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेलाई महाधिवेशनले छोइसकेको छ । देशभर प्रतिनिधि छनौटको क्रम लगभग सकिएसँगै अब आकांक्षीहरुबीच समूह र अध्यक्ष केपी शर्मा ओलीलाई नेता व्यवस्थापनमा सकस परेको छ । नेतृत्वमा द्विपक्षीय भिडन्त पक्का हुनु र आकांक्षी बढी हुनुले गुट व्यवस्थापन नभए इतर पक्ष बलियो हुने डरमा ओली छन् । अर्कातर्फ, तेस्रो कार्यकालको नेतृत्व लिन अघि सरेका ओलीलाई आफैँले संशोधन गरेको विधान समस्याको अर्को कारण बनेको छ । जेनजी आन्दोलनपछि ओली अपदस्त बने पनि कार्यकर्तामा उत्साह कम भएको छैन । त्यसको ट्रेलर महाधिवेशन प्रतिनिधिको छनोटमै देखिसकेको छ । केही दिनअघि मात्र केही जिल्लामा गुुटकै कारण नेताहरुको संगठित सदस्यता नै गायब पारिएका विषय सार्वजनिक भए । महाधिवेशन प्रतिनिधि छनौटमा पनि सर्वसम्मतीका नाममा जबरजस्ती भएको आरोप छ । मोरङमा त मतदान भइरहेकै बेला नेता कार्यकर्ताबीच कुटाकुट नै भएको छ ।