काठमाडौं— नेपाली राजनीतिमा सबैभन्दा लामो समय केन्द्रीय समिति बैठक लम्ब्याएर इतिहास रच्न सफल नेपाली कांग्रेस अहिले गम्भीर मोडमा उभिएको छ । एकातिर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै नेतृत्वमाथि दबाब बढाइरहेका छन् भने अर्कातिर चुनावअघि महाधिवेशन सम्भव नभएको भन्दै अर्को पक्ष पनि जबरजस्त लागिरहेको छ । यसै विषयलाई लिएर केन्द्रीय समिति बैठकमार्फत विशेष महाधिवेशन घोषणा गर्न दबाब दिन विशेष महाधिवेशन पक्षधरहरूले बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा छुट्टै भेला नै गरे । त्यहाँ रोचक कुरा के देखियो भने २०१४ सालमा कांग्रेसको इतिहासमै पहिलो पटक भएको विशेष महाधिवेशनमा सहभागी भएका नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला गरियो । इतिहासलाई साक्षी राखेर लोकतान्त्रिक पार्टीमा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै विशेष महाधिवेशन सम्भव भएको दाबी गरिएको छ ।
राजनीति


प्रतिक्रिया