देश

प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की


काठमाडौं— सरकार गठनको दुई महिनापछि प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलको तयारी गरेकि छिन । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबिच आपसी विश्वास र समन्वयको अभाव देखिएको वेला प्रधानमन्त्री कार्कीले छलफलको तयारी गरेकि हुन् । दलहरूका दोस्रो र तेस्रो तहका नेतासँग तीनपटक छलफल गरिसकेकी प्रधानमन्त्री कार्कीले सत्ता सम्हालेको दुई महिनापछि शीर्ष तहमा संवादको गृहकार्य थालेकि छिन् ।

फागुन २१ को निर्वाचनका लागि विश्वासको वातावरण बनाउन प्रमुख तीन दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफलको तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।