राजनीति

देउवाको सक्रियताले आत्तिए गगन–विश्व, विशेष महाधिवेशन विवादले पार्टी फुटको डिलमा, शेखरको दाउ (भिडियोसहित)


काठमाडौं— निर्वाचनमा जाने निर्णय गरेको नेपाली कांग्रेस पार्टीभित्रको किचलोका कारण फुटको सङ्घारमा पुगेको छ । कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेकाले निर्वाचनअघि नियमित महाधिवेशनको च्याप्टर क्लोज भएको छ । नियमित महाधिवेशन गर्न ३ महिनाको समय लाग्ने र निर्वाचन आउन पनि तीन महिना मात्रै बाँकी रहेकाले नियमित महाधिवेशन नहुने निश्चित छ । यसले संस्थापन पक्षलाई राहत मिलेको छ । तर यता महामन्त्री गगन थापालाई भने सङ्कट आइलागेको छ । थापा पक्षले निर्वाचनमा जाँदा देउवाकै हस्ताक्षर भएको टिकट बोकेर जान नसकिने भन्दै विशेष महाधिवेशनको विकल्प नभएको अडान लिएको छ । निर्वाचनअघि विशेष महाधिवेशन गरेर नयाँ सभापतिको नेतृत्वमा जानुपर्ने थापाले आफ्नो ‘स्टाटस’ मार्फत स्पष्ट धारणा राखेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने दाबी गरेका हुन् ।