देश

ओलीको झल्को महेशमा, जहाँ भेट्यो त्यही लखेटिँदै, यी ३ हमला, किसानकै घर पुगेर सुदनको धम्की (भिडियोसहित)


काठमाडौं— बारामा बाटो छेकिएका एमाले नेता महेश बस्नेत विराटनगरमा आक्रमणमा परेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन गइरहेका बेला नेतामाथि भएका यस्ता गतिविधि र निषेध सरासर गलत हो । तर, गत भदौ २३ गतेको आन्दोलनलाई अराजकता, युवाहरुलाई आतंककारी र दिनदहाडै ठोकिदिने धम्की गुण्डुबाट दिइरहेका बस्नेत यथार्थमा फर्किंदा पछिल्लो समय आक्रमणको निसानामा परेका हुन् । हुन पनि सारा एमालेमाथि प्रहार हुँदा प्रतिरोधमा उत्रिने कोही छन् भने ती महेश बस्नेत मात्र हुन् । अहिले उनको भूमिका हेर्दा पार्टीका लागि महासचिव शंकर पोखरेलभन्दा ठूलो छ । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाइरहेको सुरक्षा सुविधा सरकारले खोस्दा महेशका नाममा सुविधा बढानुपर्ने भएको छ । उनको यही सक्रियताले अहिले ओलीको अनुहार पनि बस्नेतमा देख्न थालेकाहरुले उनीमाथि आक्रमणको श्रृंखला चलाएका छन् । कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा गाडीको लाइन लगाएर हिँडेका बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको हो । उनीमाथि एक युवकले रातो मसी छ्याप्ने प्रयास गरेका थिए । जेनजी आन्दोलनमा शाहदत प्राप्त गरेका शहिदहरुको रगतको अपमान गरेको विम्ब देखाउन हुनुपर्छ उनीमाथि रातै मसी छ्यापियो ।