खेलकुद

एनपीएलको पहिलो साता ः नयाँ खेलाडी चम्किए, ब्याटिङ र बलिङ कसको उत्कष्ट ? झनै चुलियो चर्चा (भिडियोसहित)


काठमाडौं— ४७ भन्दा बढी विदेशी स्टार खेलाडीहरू नेपालको भूमिमा खेलिरहेका छन् । मैदानमा विदेशी अनुभव र नेपाली जाँगरको अद्भुत मिश्रण देखिएको छ । यसैले नेपाल प्रिमियर लिगको यो दोस्रो सिजन केवल लिग मात्र नभएर—‘कसको दम कति बलियो ?’ भन्ने अन्तर्राष्ट्रिय परीक्षा बनेको छ । तर विदेशी सितारा आए भन्दैमा नेपाली खेलाडीहरू पछि छैनन् । ब्याट र बल दुवै विभागमा नेपाली तथा विदेशी खेलाडीहरूको मिश्रित चमकले गर्दा यो लिग झनै तिक्खर र प्रतिस्पर्धात्मक बनेको छ । कर्णाली याक्सका ओपनर मार्क वाटले यस सिजनको पहिलो ऐतिहासिक शतक प्रहार गरे । लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङमा उनले आफ्नो करियरकै पहिलो शतक र त्यो पनि कर्णाली टिमलाई समर्पित गरे ।