राजनीति

कुलमानको देश दौडाह, ठाउँको ठाउँ निर्देशन, दिनरात फिल्डमै, भित्रभित्र उज्यालोका कार्यकर्ता बनाउँदै (भिडियोसहित)


काठमाडौँ । उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ सुरुवातदेखि नै सक्रिय छन् । दिन प्रतिदिन उनको सक्रियता यसरी बाक्लिएको छ कि उनी हरेक समस्याको समाधान निकल्न फिल्डमा नै खटिने गरेका छन् । आफ्नै अगुवाईमा दल दर्ता समेत गराइसकेका घिसिङले समाधानका लागि विभिन्न जिल्ला पुग्दै गर्दा प्राप्त समर्थनलाई संगठन विस्तारमा पनि जोड दिईरहेका छन् ।