काठमाडौँ । नेपाल पहिलो नेत्रहीन टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।
नेपालले उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा नेपाल र भारत एकपटक भिडिसकेका छन् ।
दृष्टिविहीन महिला टी-२० विश्वकप पहिलोपटक आयोजना भएको हो । पहिलो संस्करणमै नेपाल फाइनलमा स्थान बनाउन सफल भयो । श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार सम्पन्न सेमिफाइनलमा नेपाली टोलीले पाकिस्तानलाई सात विकेटले हराएर यो यात्रा तय गरेको हो ।
श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।


प्रतिक्रिया