अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान युद्धमा अमेरिकी रिपोर्ट : मोदी हारेको प्रमाण, यसरी झारिएका थिए सेनाका बिमान (भिडियोसहित)


काठमाडौँ । दक्षिण एसियाको सुरक्षा परिवेश फेरि एकपटक तीव्र बहसको केन्द्रमा छ । विश्वको चौथो शक्तिशाली सैन्य राष्ट्रका रूपमा चिनिएको भारत समग्र सैन्य क्षमताका हिसाबले पाकिस्तानभन्दा निकै अगाडि रहेको तथ्य सर्वविदितै छ । तर, शक्तिको समग्र सूचकले भारतलाई माथि देखाए पनि मे २०२५ मा भएको भारत–पाकिस्तान चारदिने सैन्य झडपबारे आएको नयाँ अमेरिकी रिपोर्टले विश्व राजनीतिलाई हल्लाइदिएको छ ।