देश

श्रवणशक्ति नभएका २५ जना बन्दैछन् ट्रेकिङ गाइड, इसाराले घुमाउने छन् पर्यटक, यसरी हुँदैछ तालिम (भिडियोसहित)


काठमाडौ— नेपालको पर्यटन क्षेत्रमा एक नयाँ र समावेशी अध्याय सुरु भएको छ । अब सुन्न वा बोल्न नसक्ने फरक क्षमताका व्यक्तिहरूले पनि हिमाल र पहाडका कठिन पदमार्गहरूमा विदेशी पर्यटकलाई मार्गदर्शन गर्नेछन् । पहिलो पटक सरकारले बहिरा (श्रवणशक्ति नभएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेर नेपाल सबैका लागि सहज र पहुँचयोग्य गन्तव्य हो भन्ने सन्देश विश्वमाझ दिएको छ ।