काठमाडौं— सुशीला कार्की नेतृत्वको सरकारले चुुनाव गराउने कि नगराउने ? जेनजीका माग पूरा गर्ने कि दलका ? यी सबैजसो विषय जोडिन्छन्– गृहमन्त्रालय र मन्त्री ओमप्रकाश अर्यालसँग । एक साताअघिसम्म सरकारलाई प्रहरीको असहयोग रहेको बताइन्थ्यो । तर, अब ओमप्रकाशले चाहेकै आईजीपी पाएका छन् । प्रहरीको नेतृत्वमा दानबहादुर कार्की र सीआईबीको नेतृत्वमा मनोज केसी आएसँगै राजनीतिक प्रभावमा नुखलेका फाइल खुल्ने अपेक्षा गरिएको छ । अब गृहमन्त्री अर्यालमाथि पनि बहानाबाजी गर्ने छुट नहुन सक्छ ।
त्यसैअनुसार नेपाल ट्रस्टको जग्गा प्रकरण सम्बन्धि फाइल खुलेको छ । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । थप आधा दर्जन कर्मचारी अनुसन्धानको राडारमा छन् । उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहेको छ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि विगतमा सत्ताको आडमा रोकिएका केही महत्वपूर्ण फाइलहरु पनि खोल्ने तयारी हुँदैछ । योभन्दा बढी चुनाव भाँड्ने र समाजमा अराजकता फैलाउने पात्रहरु सरकारको तारो बनेका छन् । त्यसको सुरुवात जथाभावी बोल्दै, बालुवाटारमा बम फाल्नेसम्मका धम्की दिने डा. निकोलस भुसालबाटै भइसकेको छ । यता भारतीय र रुसी दूतावासमा काठमाडौंका मेयर बालेन शाहले बम हान्न सक्ने भन्दै समाजलाई उत्तेजित बनाउँदै हिँडेका दुर्गा प्रसाईं समेत पक्राउ परेका छन् । शान्तिपूर्ण आन्दोलन भन्दै समाज आतंकित पार्ने गतिवधिमा सक्रिय दुर्गाको पक्राउमा धेरै प्रश्न नहोलान् ।
देश


प्रतिक्रिया