काठमाडौं— मंसिर ७ गते आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई सोमबार मध्यराति जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनकै निवासबाट पक्राउ ग¥यो । भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनका गतिविधिले हिंसा भड्किन सक्ने विश्लेषणपछि पक्राउ परेका प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थपिएको छ । अब आन्दोलनको तयारीमा रहेका प्रसाईं नै प्रहरी हिरासतमा हुँदा उनले मंसिर ७ गते गर्ने भनेको आन्दोलन अनिश्चितताको भुमरीमा रुमल्लिएको छ । निर्वाचनका लागि वातावरण बनाउन लागिपरेको सरकारले आन्दोलनको धम्की दिनेहरूलाई नियन्त्रणमा लिइरहेको छ ।
देश


प्रतिक्रिया