काठमाडौं— के तपाईं नयाँ पासपोर्ट बनाउने सोच्दै हुनुहुन्छ ? अथवा २–३ दिनमै पासपोर्ट बनाएर काम टुंग्याउने आशामा हुनुहुन्छ ? यदि यस्तो हो भने तपाईंले सोचेको काम सोचेकै समयमा हुने सम्भावना निकै नै न्यून छ । तपाईंले सहजै पासपोर्ट बनाउन आगामी फागुन २५ गतेपछि मात्रै पाउनुहुने भएको छ । किनकि अहिले राहदानी विभागमा दैनिक एक हजार जनासम्मका लागि मात्रै अपोइन्टमेन्ट स्लट खुल्ने गर्छ, जसमा अति आवश्यक र इमरजन्सी सेवा गरी एक हजार जनाले मात्रै पासपोर्ट बनाउने मिति पाउँछन् । दैनिक बेलुका ४ बजेदेखि नै हजारौँ सर्वसाधारण मोबाइल र ल्यापटप लिएर फारम भर्न बस्छन् । बेलुका ठीक ५ बजे राहदानी विभागको वेबसाइट खुल्नेबित्तिकै केही मिनेटमै एक हजार जनाको कोटा पूरा हुन्छ र ‘अपोइन्टमेन्ट स्लट भरियो’ भन्ने सूचना देखाउँदै सर्भर बन्द हुन्छ ।
देश


प्रतिक्रिया