काठमाडौं— असोज २८ गते सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महिना दिनदेखि १५औँ महाधिवेशन, चुनावअघि कि चुनावपछि, विशेष कि नियमित ? भन्ने किचलोमै रुमल्लिएको छ । संस्थापन र इतर दुवै पक्षले ‘नियमित महाधिवेशन’को कुरा गरिरहेका भए पनि एउटा पक्षले निर्वाचनअघि र अर्को पक्षले निर्वाचनपछि गर्नु पर्ने अडान लिइरहेका छन् । कांग्रेसमा देखिएको यही फरक दृष्टिकोणले पार्टीलाई गम्भीर द्विविधामा पारेको छ । अहिले प्रमुख विवाद नियमित महाधिवेशनको समय निर्धारणमा केन्द्रित छ । निर्वाचनअघि नियमित महाधिवेशन हुन सकेन भने अर्को पक्षले ‘विशेष महाधिवेशन’को माग गरी चलाएको पार्टीभित्रको नयाँ संघर्षको लहरले हलचल ल्याउनेछ । केन्द्रीय समितिमा महाधिवेशनबारे चर्काचर्की गरेका कांग्रेस नेताहरूलाई संस्थापन पक्षले महामन्त्री गगन थापाले भनेको विशेष महाधिवेशन टाउको गनेरै केन्द्रीय समितिमा हराउने र नियमित महाधिवेशनमा पनि महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मालाई ६ भाइ कांग्रेसले भोटिङ गरेरै हराउने चेतावनी दिएका छन् । यसक्रममा केन्द्रीय समिति बैठक लम्बिए पनि यसबाट निकास दिने सफल हुने नेताहरुको दाबी छ ।
देश


प्रतिक्रिया